०५ असार २०८३, शुक्रबार

विमानस्थलबाट भाग्दाभाग्दै समातिए एक चिनियाँ ह्याकर, अझै दुई जना फरार

विमानस्थलबाट भाग्दाभाग्दै समातिए एक चिनियाँ ह्याकर, अझै दुई जना फरार

काठमाडौं–नेपालका बैंकको एटीएम ह्याक गर्ने चिनियाँ ह्याकर समुहका एक व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालबाट भाग्दाभाग्दै पक्राउ परेका छन् । सोमबार चिनियाँ ह्याकर समुहमध्येका एकलाई गएराती विमानस्थलबाट पक्राउ गरिएको महानगरियप्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए । 

पक्राउ पर्नेमा चिनियाँ नागरिक सु लु सिङ रहेका छन् । उनीमाथि आवश्यक अनुसन्धान भैरहेको  बोगटीले बताए । उनका अनुसार, अझै दुई जना फरार रहेको र प्रहरीले खोजीकार्य गरिरहेको छ ।

शनिबार दरबारमार्गबाट प्रहरीले चिनियाँ ह्याकर समूहका पाँच जनालाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्