०१ असार २०८३, सोमबार

केकी भन्छिन्- तीज स्वतन्त्रता र शक्तिको प्रतीक हो

केकी भन्छिन्- तीज स्वतन्त्रता र शक्तिको प्रतीक हो

काठमाडौं- अभिनेत्री केकी अधिकारीले तीजलाई एउटा स्वतन्त्रता र शक्तिको प्रतीक भएको बताएकी छन् । 

सोमवार अर्थात् हरितालिका तीजको दिन उनले सामाजिक सञ्जाल फेसबूकमा एउटा स्टाटस लेख्दै आजको दिन नेपाली महिलाहरू समाज या कसले के भन्छ भन्ने नसोची आफ्नो मनको कुरा सुनेर घरको परिधि नाँघेर खुलेर हाँस्न र नाँच्न सक्ने भएको बताएकी हुन् । 

उनले फेसबूकमा लेखेकी छन्, 'तीज एउटा स्वतन्त्रता अनि शक्तिको प्रतीक हो । आजको दिन नेपाली महिलाहरू समाज अनि कस्ले के भन्ला भन्ने नसोची आफ्नो मनको सुनेर घरको परिधि नाँघेर खुलेर हाँस्छन् नाच्छन् । यो शक्तिलाई सधैं कायम राखेर समाजको कुरिति अनि कुसंस्कार विरुद्ध बोल्न अनि लड्न सक्ने साहस हामीलाई सधै मिलोस्, स्वतन्त्रताको पँखेटा आज जस्तै गरि ढुक्क भएर सधै फर्फराउन सकौं ।'

salt training

कमेन्ट गर्नुहोस्