३१ जेठ २०८३, आइतबार

गलत औषधिका कारण मुखभरि रौं उम्रिएपछि पीडितहरूले दायर गरे औषधि कम्पनीविरुद्ध मुद्दा

गलत औषधिका कारण मुखभरि रौं उम्रिएपछि पीडितहरूले दायर गरे औषधि कम्पनीविरुद्ध मुद्दा

काठमाडौं – स्पेनको क्यान्टाब्रियामा गलत औषधि दिइएपछि २० जना शिशुको अनुहार र जिउभरि रौं उम्रिएको छ । 

औषधि दिनेहरूले बालबालिकालाई ओमेप्राजोलको साटो मिनोक्सिडिल नामक औषधि दिएपछि जिउभरि रौं उम्रिएको थियो । 

गलत औषधि परेपछि बालबालिकामा हाइपरट्राइकोसिस नामक रोग लागेको हो । 

पीडित बालबालिकाका मातापिताले यस विषयमा स्पेनी स्वास्थ्य अधिकारीहरूले तत्काल प्रतिक्रिया नजनाएको र पर्याप्त सूचना नदिएको आरोप लगाएका छन् । क्यान्टाब्रियाका केही परिवारले औषधि बनाउने कम्पनीविरुद्ध मुद्दा दर्ता गरेका छन् । 

स्पेनी स्वास्थ्य अधिकारीहरूले गत मे महिनामा सिरप पिएपछि बालबालिकामा हाइपरट्राइकोसिस भएको विषयको जानकारी पाएको बिहीवार बताए । 

उनीहरूलाई औषधिमा गलत लेबल लागेको थाहा पाउन अनि प्रयोगशाला बन्द गर्न तथा औषधि फिर्ता लिन दुई महिना लाग्यो । 

‘एउटा औषधि परीक्षण गर्न दुई महिनाभन्दा बढी समय किन लाग्छ ?’ पीडित बच्चीकी आमा अमाइयाले सोधिन् । ‘हामीलाई केही भनिएको छैन । म क्रुद्ध छु अनि डराएकी छु । मप्रति समानुभूति देखाइएको छैन ।’

उनकी छोरीले उक्त औषधि उच्च मात्रामा लिएको र आगामी कदम के चाल्ने भन्ने विषयमा उनलाई कसैले सल्लाह नदिएको उनले थपिन् । 

स्वास्थ्यविद्हरूले पीडितहरूको रौं झर्ने तर अंगमा क्षति पुग्ने सम्भावना रहेको बताएका छन् किनकि उक्त औषधिले रक्तनलीलाई चौडा बनाउन सक्छ । 

एक स्वास्थ्य अधिकारी जेसुुस अगिरले यस्तो घटना एकाध हुन्छ भनेपछि पीडित परिवारहरू क्रुद्ध भएका छन् । 

गलत लेबल लगाइएको सिरप ग्रानाडा, क्यान्टाब्रिया र भ्यालेन्सियाका औषधि पसलमा वितरण गरिएको थियो । त्यहाँ रसायनशास्त्रीहरूले बालबालिकाको पेटरोग निको बनाउने औषधिमा यसलाई मिसाएका थिए ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्