१६ असार २०८३, मंगलबार

२० लाख  नदिए ज्यान मार्ने र घर बमले उडाइदिने धम्की दिने व्यक्ति प्रहरी फन्दामा

२० लाख  नदिए ज्यान मार्ने र घर बमले उडाइदिने धम्की दिने व्यक्ति प्रहरी फन्दामा

काठमाडौँ -२० लाख नदिए छोरीको ज्यान लिने र घर बमले उडाइदिने धम्की दिँदै आएका सन्तोष कंडेललाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ घर भएका कंडेलले स्यूचाटार बस्ने रेन्जु त्रिपाठीलाई चिठीमार्फत २० लाख लिएर बालाजु पुलमा आउन भनेका थिए ।

नआएमा छोरीलाई सिध्याइदिने र घरसमेत बमले उडाइदिने धम्की उनले चिठीमार्फत त्रिपाठीलाई पठाए ।

कंडेलले उक्त चिठी त्रिपाठी बसेकै घरमा भाडामा बस्ने एक व्यक्तिमार्फत पठाएका थिए ।

त्यसलगत्तै त्रिपाठीका आफन्तले कालीमाटी प्रहरी वृत्तमा खबर गरे । प्रहरीको विशेष टोलीले मंगलवार कंडेललाई बालाजुबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्