२३ जेठ २०८३, शनिबार

घरबाट माउसुली भगाउन यी उपाय अपनाउनुस्

कात्तिक २०, २०७४
घरबाट माउसुली भगाउन यी उपाय अपनाउनुस्

 गर्मीको मौसम शुरु भएपछि माउसुली घरमा आएर हैरान गर्छन् । जहाँ पायो त्यहीँ माउसुली लुकेर दिक्क लगाउँछन् । मान्छेहरू माउसुलीबाट छुटकारा पाउनका लागि बजारमा पाइने हानिकारक रसायन प्रयोग गर्छन् । त्यसले हामीलाई नोक्सानी गर्छ । यहाँ हामीहरू केही घरेलु उपाय बताउँछौं जसको मद्दतले माउसुलीबाट छुटकारा पाउन सकिन्छ ।


कफी पाउडर

कफी पाउडरमा सुर्तीको धूलो मिसाउनुस् र ससानो डल्लो बनाएर माउसुली आउने ठाउँमा राख्नुस् ।

प्याज
माउसुली र साङ्लो भगाउनका लागि प्याज काटेर राख्नुस् । प्याजलाई धागोमा बाँधेर बत्तीनिर झुण्ड्याउनुस् । प्याजमा भएको सल्फरले दुर्गन्ध निकाल्छ र माउसुली भाग्छन् ।

मयूरपंख
माउसुलीलाई मयूरको प्वाँखसँग डर लाग्छ । आफूलाई खाइदिने सर्प हो कि क्या हो भने ऊ प्वाँखसँग डराएको हो ।

मरीचको धूलो
मरीच र पानी मिसाएर स्प्रे तयार पार्नुस् । अनि भान्सा, कोठाहरू र बाथरूममा छर्किनुस् । मरीचको कडा गन्ध माउसुलीलाई मन पर्दैन ।

पञ्जाब केसरीबाट
 

salt training

कमेन्ट गर्नुहोस्