१० असार २०८३, बुधबार

गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेख पुग्यो

गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेख पुग्यो

दैलेख-सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ । अन्य विभिन्न स्थानमा सोधपुछ गर्ने टोलीले जानकारी दिएको छ ।
 
नेपालगञ्ज उपमहानगरपालिकाले उच्च बारका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन गरेको सात सदस्यीय छानविन टोली यहाँ आएको हो । टोलीले जिल्ला समन्वय समिति, नारायण नगरपालिका, शिरिस्थान मन्दिरलगायतका विभिन्न स्थानमा सोधपुछ गरेको टोलीका सदस्य वसन्त गौतमले जानकारी दिए ।

नेपालगञ्जको काञ्जीहाउसमा रहेका गाई गोरु जिल्लाका विभिन्न स्थानमा वितरण गर्ने उद्देश्यले कटुकामा झारेर चराउँदै किसानलाई बाँड्ने अभियानअन्तर्गत सो उपमहानगरपालिकाले नगर प्रहरीको सुरक्षासँगै गाई दैलेख ल्याउने तयारी गरेको भए पनि व्यवस्थापनको कमजोरीका कारण केही गाई गोरु गाडीभित्रै मरेका उक्त उपमहानगरपालिकाले स्वीकार गरेको छ ।
 
उन्नत गाई तथा गोरु गाउँमा आउने र निःशुल्करुपमा किसानले चाहेका गाई गोरु हुलबाटै छानेर लिन पाइने भन्दै दैलेखका विभिन्न गाउँमा १५ दिनअघिदेखि हल्ला चलेको थियो । जिल्ला समन्वय समितिले पनि जिल्लाका विभिन्न स्थान गाईपालनका लागि उपयुक्त भएकाले निःशुल्करूपमा किसानलाई गाई दिन सके आर्थिक अवस्था सुधार हुने भन्दै राम्रा र उन्नत गाई आउने अवस्था भए त्यसको सहजीकरण गर्ने तयारी थालेको बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्