१५ असार २०८३, सोमबार

‘हामी जता जता गयौं, त्यता त्यता हामीमाथि बम बर्साइयो’

कात्तिक २०, २०७४
‘हामी जता जता गयौं, त्यता त्यता हामीमाथि बम बर्साइयो’

काठमाडौं, १७ चैत — इराकको मोसुल शहरमा अमेरिकी गठबन्धन र इराकी फौजहरूले सर्वसाधारणहरू फँसेका घरमा जथाभावी बमवर्षा गरिरहेको तथ्य फेला परेको छ । एमनेस्टी इन्टरनेसनलले अमेरिकामाथि लगाएको आरोप पुष्टि हुनेगरी बमवर्षा भइरहेको आरटीले भेटेको छ ।


ध्वस्त भएका घर, विद्यालय र अस्पतालका भग्नावशेषले इराकको दोस्रो ठूलो शहरलाई विशाल चिहानघाट बनाइदिएको छ ।

प्रत्येक पाँचदेखि १० मिनेटको अन्तरमा अमेरिकी गठबन्धनका जेटहरू मोसुलमाथि उडिरहेका छन् । इराकी हेलिकप्टरले आतंकवादी संगठन आईएसलाई लक्षित गरी प्रहार गरिरहेका छन् ।

आईएसले हवाई आक्रमणका दौरान सर्वसाधारणलाई मानवढालका रूपमा निरन्तर प्रयोग गरिरहेका छन् ।

तर सर्वसाधारणलाई शहर छोड्नका लागि मानवीय कोरिडोरहरू बनाउनुको साटो इराकी सरकारले मोसुलनिवासीहरूलाई घरैमा बस्न लगाएको छ ।

घरहरू सुरक्षित हुन्छन् भन्ने भ्रममा रहेका मोसुलवासीका लागि ती चिहानमा परिणत भएका छन् किनकि अमेरिकी र इराकी फौजले तिनलाई लक्षित गरी बम बर्साइरहेका छन् ।

‘हामी घरमा हुँदा बम बर्सियो । त्यसपछि म मेरा बुवाआमाको घर गएँ अनि त्यहाँ रकेट बर्सियो । हामी जहाँ जहाँ जान्छौं, त्यहाँ त्यहाँ बम बर्सिन्छ । एउटा हवाई आक्रमणमा मेरो घर ध्वस्त भएको मैले खबर पाएँ,’ बच्चा बोकेकी एक महिलाले आरटीलाई भनिन् ।

अमेरिकाले आक्रमणमा २०० भन्दा बढी सर्वसाधारण नमारिएको बताएपनि बेलायतमा रहेको एयरवार्स नामक समूहले १० गुणा बढी मानिस मारिएको बताएको छ ।

मोसुलको पुरानो शहरमा अझै चार लाख मानिस फँसेका छन् । शहर अझै आईएस लडाकुको कब्जामा छ । फँसेका मानिसले खाना तथा बिजुलीको अभाव झेलिरहेका छन् ।

दिनदिनै आठदेखि १२ हजार मानिस शहर छोडेर भागिरहेको रोयटर्स लेख्छ ।

salt training

कमेन्ट गर्नुहोस्