०९ असार २०८३, मंगलबार

बग्दादमा आत्मघाती बम आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

कात्तिक २०, २०७४
बग्दादमा आत्मघाती बम आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

काठमाडौं, १७ चैत — इराकको राजधानी बग्दाददेखि दक्षिणमा रहेको एक प्रहरी चेकप्वाइन्टलाई लक्षित गरी आत्मघाती ट्यांकर बम आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको र २४ अन्य घाइते भएको बताइएको छ ।


उक्त आक्रमण बुधवार राति गरिएको थियो । आत्मघाती बम आक्रमणकारीले विस्फोटक राखिएको ट्रक प्रहरी चेकप्वाइन्टमा जोतेर विस्फोट गराएको थियो ।

विस्फोटका कारण चेकप्वाइन्टका भवनहरू ध्वस्त भएका थिए र नजिक रहेका कम्तीमा १५ गाडीमा आगो लागेको थियो ।

कुनै समूहले आक्रमणको जिम्मा लिएको नभएपनि आईएस आतंकवादीले यस्तो आक्रमण गराउने गरेका छन् ।

सिन्ह्वाबाट

salt training

कमेन्ट गर्नुहोस्