०७ असार २०८३, आइतबार

पुनर्निर्माणको सुस्तताले उपत्यकाका विश्वसम्पदा खतराको सूचीमा !

कात्तिक २०, २०७४
पुनर्निर्माणको सुस्तताले उपत्यकाका विश्वसम्पदा खतराको सूचीमा !

काठमाडौं, १७ चैत – पुनर्निर्माणमा ढिलाई हुँदा विश्वसम्पदा सूचीमा सूचीकृत काठमडौंका सम्पदाहरु खतराको सूचीमा पर्ने सक्ने जोखिम देखिएको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)ले सम्पदा पुनर्निर्माण सुस्त भएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका विभिन्न ७ पुरातात्विक सम्पदा खतराको सूचीमा पर्ने जोखिम देखिएको हो । पुरातत्व विभागका अनुसार युनेस्कोले नेपालका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको अध्ययन, अवलोकन गरेर सचिवालय फर्किएको छ । युनेस्कोले यसको प्रतिवेदन आगामी जुलाईको आसपासमा सार्वजनिक गर्दै छ ।

भूकम्पका कारण क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सन्तोषजनक रुपमा अघि नबढेको भन्दै युनेस्कोले असन्तुष्टि व्यक्त गर्दै यहि अवस्था कायम रहे नेपालका सम्पदा खतराको सूचीमा राख्न सक्ने विभाग स्वयंले बताएको छ ।

यसअघि पनि युनेस्कोले २ पटकसम्म नेपालका सम्पदा खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो । ‘खतराको सूचीमा नराख्ने गरी त्यसको प्रयास गरिरहेका छौं,’ विभागका महानिर्देशक भेषनारायण दाहालले लोकान्तरसँग भने ।
काठमाडौं उपत्यकाका भक्तपुर दरवार स्क्वायर, चाँगुनारायणको मन्दिर, पशुपतिनाथ मन्दिर, बौद्वनाथ स्तूपा, काठमाडौं दरवार स्क्वायर, स्वयम्भुनाथ मन्दिर, पाटन दरवार स्क्वायर विश्वसम्पदा सूचीमा सूचीकृत छन् ।

कमेन्ट गर्नुहोस्