
काठमाडौं, १७ चैत –हुण्डाईले नयाँ वर्ष २०७४ लाई लाई लक्षित गरेर आकर्षक अफर सार्वजनिक गरेको छ ।
हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँ वर्षका लागि लक्षित गरेर आकर्षक योजना सार्वजनिक गरेको हो ।
यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक साताभित्र नै शून्य प्रतिशत ब्याजमा फाइनान्सीङ्ग सुबिधा पाउनेछन् ।
प्रालिका अनुसार हाल सम्पूर्ण हुण्डाईका गाडीहरु ४ वर्ष निःशुल्क सर्भिसीङ्ग र तीनवर्ष वारेन्टी सहित उपलब्ध छन् ।
यो योजनाले ग्राहकमाझ आफ्नो ब्राण्ड थप लोकप्रिय हुने कम्पनीको विश्वास छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १६ शोरुम तथा १७ सर्भिस सेन्टरमार्फत् ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।