
काठमाडौँ -कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्रीसँग उच्च अदालत पाटनले ५ लाख धरौटी मागेको छ ।
फर्जी बैंक ग्यारेन्टीमा जमानी बसेको आरोप लागेका खत्रीलाई पाटन उच्च अदालतले थुनछेक बयान र बहसपछि ५ लाख धरौटी मागेको हो ।
बुधवार मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलास बसेको थियो । उनीमाथि कृषि विकास बैंक रत्नपार्कले बैंकिङ कसूर सम्बन्धी मुद्दा दायर गरेको थियो ।