०१ असार २०८३, सोमबार

यामाहाको मोटरसाईकल खरिदमा १ लाखसम्मको बम्पर उपहार, ८० प्रतिशत फाइनान्सिङ

कात्तिक २०, २०७४
यामाहाको मोटरसाईकल खरिदमा १ लाखसम्मको बम्पर उपहार, ८० प्रतिशत फाइनान्सिङ

काठमाडौं, १६ चैत –नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली नयाँ वर्ष २०७४ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ ।

‘विस काउन्ट’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै आठ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउनेछन् । साथै, हरेक साता हुने लक्की ड्रमा ग्राहकले एक लाख रुपैयाँ बम्पर उपहार पाउनेछन् ।

‘नयाँ वर्षको अवसरमा ग्राहकहरुको उल्लासलाई बढाउने उद्देश्यले हामीले यो योजना ल्याएका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक दिपकराज गिरीले भने, ‘यो योजनाले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउने अपेक्षा हामीले गरेका छौं । यामाहाका मोटरसाइकल र स्कुटर किन्ने यो उत्तम समय हो ।’

यहि अवसरमा एमएडब्लुले यामाहा मोटरसाइकल तथा स्कुटरमा अभुतपूर्व ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा ल्याएको छ । यसअन्तर्गत फाइनान्सिङ गरेर यामाहा मोटरसाइकल खरिद गर्न चाहनेले विना झन्झट यो सुविधा पाउनेछन् । नयाँ वर्षको योजना यामाहा ब्रान्डका सबै मोटरसाइकल र स्कुटरमा लागू हुनेछ ।

नेपाली बजारमा यामाहाको एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, फेसिनो, रे जेडआर, रेजी, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर ३ उपलब्ध छन् ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित रहेको कम्पनीले बताएको छ । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको र त्यसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने र यसले माइलेज बढाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्