काठमाडौं – जापानको योकोहामामा एउटा ट्रेन ट्रकसँग ठोकिएर लीगबाट झरेपछि एकजना मारिएका छन् अनि ३० जना घाइते भएका छन् ।
दुर्घटना बिहान ११ः४० मा केइक्यु लाइनमा भएको हो । ट्रेनका अघिल्ला तीन डब्बाहरू झरेको अनि ट्रकमा आगो लागेको अधिकारीहरूले बताए ।
६७ वर्षीय एक व्यक्तिलाई अस्पताल लगिएको थियो र त्यहीँ उनलाई मृत घोषणा गरियो । उनी ट्रकचालक भएको विश्वास गरिएको प्रहरीले बतायो । ट्रेनमा च्यापिएका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।
एक महिला यात्रीलाई गम्भीर चोटपटक लागेको छ ।
दुर्घटनापछि कालो धूवाँको मुश्लो उठेको थियो । ट्रेनको पहिलो डब्बा अर्को ट्य्राकमा झुकेको र त्यसको अघिल्तिरको शीशा चकनाचुर भएको देखिन्छ ।
ट्रकमा पहेंलो फलफूल राखिएको थियो र दुर्घटनापछि त्यो ट्य्राकभरि छरिएको थियो । ट्य्राकसँगै रहेका पोलहरू नराम्ररी बांगिएका थिए ।
जापान टाइम्सबाट