०५ असार २०८३, शुक्रबार

वामदेव गौतमलाई कास्कीबाट उम्मेदवार बनाउने नेकपाको तयारी, सचिवलयमा सुरु भयो छलफल

वामदेव गौतमलाई कास्कीबाट उम्मेदवार बनाउने नेकपाको तयारी, सचिवलयमा सुरु भयो छलफल

काठमाडौं– नेकपाले कास्की क्षेत्र नम्बर २ बाट प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । 
तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवम् कास्की–२ का निर्वाचित सांसद रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त स्थानमा गौतमलाई उम्मेदवार बनाउने तयारी भएको हो । 

पछिल्लो समय नेकपामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक भएसँगै शक्तिशाली बन्दै गएका गौतमलाई सांसद बनाएर संघीय संसदमा ल्याउन खोजिएको स्रोतले जनाएको छ । 
आजको राजधानी दैनिक लेख्छ–पार्टीले उम्मेदवार बनाउने तयारी गरेसँगै गौतमको विषयमा कास्की क्षेत्र नम्बर २ मा समेत व्यापक चर्चा सुरु भएको छ । 
नेकपाको अब बस्ने सचिवालय बैठकले गौतमको उम्मदवारीको विषयमा निर्णय हुने एक सचिवालय सदस्यले बताए । 
यसैबीच पार्टी वरिष्ठ नेता झलनाथ खनालले गौतमको उम्मेदवारीको विषयमा सचिवालयमा गम्भीर छलफल भइरहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्