काठमाडौं– नेपाली बजारमा मंगलवार सुनको भाउमा गिरावट आएको छ । मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । सोमवारको तुलनामा आज सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो । सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
महासँघका अनुसार, मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सुय ८० रुपैयाँमा कारोबार भएको थियो ।