
काठमाडौं, १८ चैत — अमेरिकाको जर्जिया राज्यमा रहेको एटलान्टाको इन्टरस्टेट–८५ राजमार्गमुनि शुक्रवार भीषण आगलागी भएपछि राजमार्गको एक भाग ध्वस्त भएको छ ।

यसले गर्दा उत्तर र दक्षिण दुवैतर्फ गइरहेका कारहरू फँसेका छन् ।
पाइडमोन्ट रोड आगो लागेको एक घण्टाभित्र भासिएकोे थियो ।
एटलान्टा दमकल विभागले आगो नियन्त्रणमा आएको र अग्निनियन्त्रकहरूलाई चोटपटक नलागेको बतायो ।
आगो कसरी लाग्यो भन्ने खुलेको छैन तर सडकमुनि बिजुलीको वाइरिङलाई छोप्ने प्लास्टिकमा आगो लागेको अनुमान गरिएको छ ।
राजमार्ग भासिँदा कुनै हताहती भएन तर यो मर्मत भएर पुनः सञ्चालनमा आउन समय लाग्नेछ ।
आरटीबाट