काठमाडौं, १८ चैत– मेलम्ची खानेपानी आयोजना अन्तर्गत पाइप विच्छाउने काम जारी रहेको तथा विभिन्न ठाउँमा भइरहेको सडक विस्तारले गर्दा अहिले काठमाडौं धुलाम्य छ । तर, अबको तीन महिनापछि भने काठमाडौंका सडकमा धुलो देख्न पाइने छैन ।
कठामाडौं महानगरपालिका अन्तर्गतको नगर कार्यपालिकाको कार्यालयले तत्काल सुधार कार्यायोजना २०७३ सार्वजनिक गर्दै तीनमहिना भित्र काठमाडौंको धुलो व्यवस्थापन गर्ने घोषणा गरेको हो ।
काठमाडौंको धुलो व्यवस्थापन गर्न १० थान उच्च क्षमताको ब्रुमरजडित गाडी खरिद गरिने छ । त्यसका लागि सरकारसँग समन्वय गरिने कार्यकारी अधिकृत इश्वर राज पौडेलले बताए ।
