३१ जेठ २०८३, आइतबार

भारतमा बन्यो संसारको सबभन्दा ठूलो चरा मूर्ति

भारतमा बन्यो संसारको सबभन्दा ठूलो चरा मूर्ति

काठमाडौं – भारतको केरलमा रहेको कोल्लम जिल्लामा जटायुको विशाल मूर्ति बनाइएको छ । 

रामायणमा वर्णित जटायुको मूर्ति बनाइएको हो । रावणले सीताको अपहरण गरेर लग्दै गर्दा सीताको पुकार सुनेर बचाउन पुगेका जटायुलाई रावणले मारेको वर्णन पाइन्छ । 

जटायुको शरीर यसै ठाउँमा खसेको स्थानीयहरूको मान्यता छ । उनैको यादमा भव्य मूर्ति बनाइएको हो । 

पन्ध्र हजार वर्ग फीटमा फैलिएको भूभागमा यो मूर्ति बनाइएको छ । समुद्र सतहभन्दा ३५० मिटर माथि मूर्ति राखिएको छ । 

जटायुको मूर्ति २०० फीट लामो र ७० फीट चौडा छ । 

एक डाँडामा बनाइएको मूर्तिको अवधारणा केरल फिल्मका निर्माता राजीव अञ्चलले ल्याएका थिए । 

मूर्तिमुन्तिर म्युजियम बनाइएको छ । त्यसमा जटायुको जीवनसँग जोडिएका कुराको जानकारी उपलब्ध छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्