०९ असार २०८३, मंगलबार

मन्त्रीले शिलान्यास गरेको दुई महिनापछि सडक निर्माणको काम शुरु

कात्तिक २०, २०७४
मन्त्रीले शिलान्यास गरेको दुई महिनापछि सडक निर्माणको काम शुरु

महेन्द्रनगर, १८ चैत– भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले करिब दुई महिनाअघि शिलान्याश गरेको कञ्चनपुरको डोकेबजार – बेलौरी हुलाकी सडक मार्गको काम बल्ल सुरु भएको छ ।

भारत सरकारको सहयोगमा निर्माणकार्य सुरु गर्ने भनिएकामा उक्त सडक खण्डमा पछिल्लो पटक भारत सरकारले निर्माण नगर्ने जनाएपछि नेपाल सरकारले निर्माण गर्न लागेको हो ।

कञ्चनपुरको डोकेबजारदेखि बेलौरीसम्म १९ किलोमिटर सडक खण्डमा रहेका पुराना हिममपाइप हटाएर कल्भर्ट हाल्ने काम तीव्र गतिमा भइरहेको छ ।

उक्त सडक खण्ड निर्माणको ठेक्का शर्मा र राजेन्द्र जेबी कम्पनीले पाएको छ । सो सडकका लागि ३६ करोड ४७ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

सडकको चौडाइ सात मिटर पक्की र दुबैतर्फ अढाइ मिटरको वेश रहने निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्