२२ जेठ २०८३, शुक्रबार

कहाँ छ समुन्द्र मन्थन बेला निस्किएको अमृत कलश ?

कहाँ छ समुन्द्र मन्थन बेला निस्किएको अमृत कलश ?

एजेन्सी- पुराणमा समुन्द्र मन्थनका विषयहरु बिभिन्न तरिकाले ब्याख्या गरिएको छ । त्यस मध्यकै एउटा भाग हो समुन्द्र मन्थनका बेला अमृत कलश निस्कनु । 

तर कसैले यसलाई काल्पनिक भनेर बुझ्ने गर्छन् । तर केहि विद्वानहरुले भने मुस्लिम देश इन्डोनेशियामा आज पनि अमृत कलश रहेको बताएका छन् । अचम्मको कुरा के छ भने, कलशमा अमृत जस्तै द्रव्य पनि रहेको छ । 

विद्वानहरुले बताए अनुसार इण्डोनेसियाको मध्य पूर्वी जावा प्रान्तको सिमानामा माउ लावु नाम गरेको ठाउँ छ । त्यहाँ कण्डी सुकुह नाम गरेको मन्दिर छ । माउण्ट लावु पर्वतमा स्थित यो मन्दिर लगभग २९९० फीट अग्लो छ । 

विद्वानका अनुसार मन्दिर भित्र एउटा कलश रहेको छ । जसलाई समुन्द्र मन्थनका बेला निस्किएको अमृत कलश मान्ने गरिन्छ । २०१६ मा इण्डोनेशियाको पुरातत्व विभागको तर्फबाट मर्मतको काम गरिउको थियो । त्यसबेला उनीहरुले एउटा तामाको कलश फेला पारेका थिए । कलश माथि पारदर्शी शिवलिंग थियो भने कलश भित्र पनि द्रव्यहरु भरिएको कलश फेला परेको थियो । 

जानकारीका अनुसार यो कलश एक हजार इसाई पूर्वको हो । मन्दिरको निर्माण १४३७ इसाइपूर्वमा भएको थियो । कलश कसैले पनि खोल्न नसकिने गरि जोडिएको छ । मन्दिरको ढोका भन्दा तल भेटिएको यो कलशमा हजार वर्ष पुराना द्रव्यहरु रहेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्