
काठमाडौं — अस्ट्रेलियाको सिड्नीमा बस्ने एश्ले म्याक्सवेल लाम नामक पुरुष महिलाहरूकै जस्तो हाईहील जुत्ता लगाएर अफिस जान्छन् ।
उनले आफ्नो लूकलाई सुन्दर बनाउन ६ इन्चको हील लगाउने गरेको बताए ।
उनी एक कर्पोरेट अफिसमा काम गर्छन् र दिनदिनै सुट र टाईका साथ हाई हील लगाएर काम गर्न जान्छन् । आफूलाई हील लगाउँदा राम्रो अनुभव हुने उनी बताउँछन् ।
यी अर्थविशेषज्ञले एक वर्षअघिसम्म पनि हील लगाउने गरेका थिएनन् । तर एक महिला सहकर्मीले हाई हील्समा आफूलाई शक्तिशाली अनुभव गर्ने बताएपछि उनलाई चित्त बुझेर हाई हील लगाउन थालेका हुन् ।
हील लगाउन थालेपछि आफू शक्तिशाली भएको उनले बताए ।
उनीसँग नौवटा हील जुत्ताको जोडी छ । तीमध्ये कुनै उनी अफिस जाँदा अनि कुनै चाहिँ बाहिर घुम्न जाँदा प्रयोग गर्छन् ।
He’s a corporate man in a corporate world. But Ashley Maxwell-Lam has found something a little different to help his confidence reach greater heights. 👠 #TheProjectTV pic.twitter.com/O1MN3BRDQn
— The Project (@theprojecttv) March 9, 2018