१२ असार २०८३, शुक्रबार

संघीयतामाथि बनेको चलचित्र ‘अपरिचित’ आउने

कात्तिक २०, २०७४
संघीयतामाथि बनेको चलचित्र ‘अपरिचित’ आउने
काठमाडौं, १८ चैत – संघीयतामाथि बनेको चलचित्र ‘अपरिचित’ प्रदर्शन हुने भएको छ । संघीयतापछि पहिचान प्राप्तिका लागि गरिने आन्दोलनलाई चलचित्रमा कथानक बनाइएको छ ।

लभस्टोरी एक्सन जानरामा बनेको चलचित्र राम्रो बनेको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई रुपेश थिङले निर्देशन गरेका हुन् । यसअघि उनले तामाङ चलचित्र पर्खाल र कर्म निर्देशन गरेका थिए ।

जुना फिल्मसको ब्यानरमा बनेको चलचित्रमा प्रज्वल गिरी, ध्रुव कोइराला, सारिका केसी, मोहनकृष्ण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई सञ्जु थोकरले खिचेका हुन् । श्री श्रेष्ठको द्वन्द्व र सागर परियारका संगीत शंकर बिसीको नृत्य र प्रविण ढकालको सम्पादन छ ।

चलचित्र चैत्र २५ गतेदेखि प्रदर्शन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्