
काठमाडौं, १८ चैत — उत्तरपश्चिममा रहेको पाकिस्तानी शहर पाराचिनारमा एक मस्जिदलाई लक्षित गरी गरिएको बम आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

एउटा गाडीमा रिमोट कन्ट्रोलबाट नियन्त्रित बम विस्फोट गराइएको बताइएको छ । घाइतेमध्ये कम्तीमा पाँचजना गम्भीर अवस्थामा रहेका छन् ।
व्यस्त बजारमा भएको विस्फोटमा परी भवनहरू भत्किएका थिए । स्थानीय अधिकारीहरूले एक शिया मस्जिदनिर विस्फोट भएको बताए ।
अल जजीराबाट