काठमाडौं, १८ चैत – काठमाडौंको कालिकास्थानमा अवस्थित सर्वनाम थिएटरले ३५ वर्ष पुरा गरेको छ ।
आफ्नो स्थापनाकालको ३५ वर्ष मनाएको उपलक्ष्यमा थिएटर परिवारले केक पनि काटेको छ । वरिष्ठ नाट्यकर्मी अशेष मल्लले स्थापना गरेको सर्वनाम नाटककै आम्दानीबाट आफ्नै जग्गामा सञ्चालित छ ।

थिएटरले सामाजिक खासगरी सामाजिक विषयवस्तुमा आधारित विभिन्न नाटक मञ्चन गर्दै आएको छ । साथै थिएटरले नाटक मञ्चन गर्नका साथै तालीम पनि दिने गर्दछ ।