२३ जेठ २०८३, शनिबार

अमेरिकी व्यापार नीति उसकै लागि अहितकर

भदौ २८, २०७६
अमेरिकी व्यापार नीति उसकै लागि अहितकर

बेइजिङ -वर्तमान् अमेरिकी व्यापार नीति वासिङ्टनका लागि नै अहितकर हुने एक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अमेरिकी उपभोक्ता प्रेस तथा व्यवसायिक टेलिभिजन च्यानल (सीएनबीसी)ले शुक्रबार सार्वजनिक गरेको एक सर्भेक्षणको नतिजामा अमेरिकी व्यवसायका उच्च महाप्रबन्धकहरू मध्येका लगभग ६५ प्रतिशतले आगामी आधा वर्षमा अमेरिकी व्यापार नीतिबाट कम्पनीको व्यवसायिक कारोबारमा नराकात्मक प्रभाव देखिने ठहर गरेका छन् । 

विश्वको शेयर बजारमा दर्ता गरिएका ठूला कम्पनी तथा निजी कम्पनीका प्रमुख वित्तीय अधिकारी (सीएफओ) लक्षित सो सर्वेक्षणमा उल्लेख भए अनुसार सहभागी आधाले अमेरिकी व्यापार नीतिको कारणले कम्पनीको खर्च अझै बढ्ने विचार व्यक्त गरेका छन् ।

व्यापारको अनिश्चितताका कारण कम्पनीहरूमा लगानीको दवाव बढ्ने उनीहरूको तर्क छ । अध्ययन रिपोर्टमा विश्व परिधिमा लगभग ३० प्रतिशत उच्च पदाधिकारीले आगामी १२ वर्षमा एशिया–प्रशान्त क्षेत्रको लगानी पनि घट्ने धारणा राखेका उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्