०४ साउन २०८३, सोमबार

बुद्ध एयरको थप एक जहाज आयो

भदौ २८, २०७६
बुद्ध एयरको थप एक जहाज आयो

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक थान नयाँ एटिआर–७२ जहाज भित्र्याएको छ ।

 भारतको चेन्नाईबाट उडेको सो जहाज आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । योसँगै बुद्धसँग १३ जहाज भएका छन् । कम्पनीसँग एटिआर–७२ जहाज ८, एटिआर–४२ जहाज तीन र बीच–१९०० ‘डी’ दुई जहाज भएका छन् । बुद्धले आगामी अक्टोवर महीनामा थप अर्को एटिआर–७२ जहाज ल्याउने जनाएको छ ।

    जहाज थपिए पनि हाललाई उडान सङ्ख्या थप्ने योजना नरहेको बुद्धले विज्ञप्तिमार्फत जनाएको छ । नयाँ जहाजले दशैँ अघि नै उडान थाल्ने र नजिकिएका दशैँ, तिहार र छठ पर्वका अवसरमा यात्रुलाई आवतजावत सजिलो हुने कम्पनीले उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्