काठमाडौं – कुनै समयमा लिभइन सम्बन्धमा बसेका बलिउड अभिनेता रणवीर कपूर र कट्रिना कैफले सन् २०१६ मा ब्रेकअप गरेका थिए ।
ब्रेकअपपछि उनीहरूबीच सम्बन्धै चाहिँ बिग्रिएन र उनीहरू फिल्म जग्गा जासूसमा देखिए । अहिले कुनै समारोहमा भेट हुँदा उनीहरूबीच राम्रो सम्बन्ध देखिन्छ ।
उनीहरूबीचको रोमान्टिक सम्बन्ध अन्त्य भए पनि प्रशंसकहरू उनीहरूलाई स्क्रीनमा जोडीका रूपमा देख्न चाहन्छन् ।
उनीहरू नयाँ प्रोजेक्टमा सँगै खेल्ने चर्चा चलेको छ । तर यो कुनै फिल्ममा नभई मोबाइलको विज्ञापन हुनेछ । उक्त विज्ञापनमा र्याप गायक बादशाह पनि देखिनेछन् ।
रणवीर कपूर अब छिट्टै ब्रह्मास्त्र नामक फिल्ममा देखिनेछन् । कट्रिना कैफ भने रोहित शेट्टीको फिल्म सूर्यवंशीमा अक्षय कुमारका साथ देखिनेछिन् ।
एजेन्सी