०१ असार २०८३, सोमबार

अण्डाको मूल्यले धान्दैन खर्च, कृषक मारमा

अण्डाको मूल्यले धान्दैन खर्च, कृषक मारमा

काठमाडौँ - विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् ।

कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन ।

सङ्घले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य रु २७० तोकेको थियो । तर, हाल कृषकको फार्मबाट रु २२५ हाराहारीमा बिक्री भएको छ । खपत बढ्न नसक्नु र उत्पादन बढी नै भएकाले कृषकले मूल्य नपाएको केसीको भनाइ थियो ।

दैनिक २९ लाख गोटा अण्डा उत्पादन हुने गरेको भन्दै केसीले लागत मूल्य नपाएका कारण कृषक मर्कामा परेको बताए । दानाको मूल्य र मजदुरको पारिश्रमिक बढेको तर अण्डाको मूल्य नबढेपछि कृषक मर्कामा परेका हुन् ।

पूर्वी चितवनमा कुखुरा पाल्दै आउनुभएका सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओली एउटा अण्डा उत्पादन गर्न रु १० भन्दा बढी खर्च हुने भए पनि अहिले कृषकले रु सात हाराहारी मात्र पाउन सकेको बताउँछन् ।

एउटै अण्डामा रु तीनभन्दा बढी नोक्सान बेहोर्नु परेका कारण कृषक विस्थापित हुने अवस्थामा पुगेको उनले गुनासो गरे । केही महीनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु १२० सम्म झरेको भन्दै उनले त्यतिबेलादेखि निरन्तर रुपमा कृषकले नोक्सान बेहोर्दै आएको बताए ।

देशमा आत्मनिर्भर बनेको यस पेशाबाट कृषक विस्थापित हुनबाट रोक्न सरकारलाई गुहारेको ओलीले बताए । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, कृषिमन्त्री, अर्थमन्त्री, सांसदलगायत सरोकारवाला निकायलाई यस विषयमा

salt training

कमेन्ट गर्नुहोस्