काठमाडौं, १८ चैत– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सम्बद्द देशभक्त जनगणतान्त्रिक मोर्चाले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने भएको छ ।
मोर्चाका संयोजक सिपी गजुरेलले मोर्चाले स्थानीय तहको चुनावमा क्रान्तिकारी ढंगले आफ्नो पार्टीको सहभागिता रहने बताए ।
मोर्चाको केन्द्रीय आयोजक समितिको बैठकपछि जारी गरिएको विज्ञप्तिमा समेत बैशाख ३१ गते हुने भनि घोषणा गरिएको स्थानीयतहको निर्वाचनलाई मोर्चाको तर्फबाट क्रान्तिकारी उपयोग गरिने उल्लेख गरिएको छ ।
त्यस प्रयोजनका लागि निर्वाचन घोषणापत्र तयार पार्ने लगायतका कार्यहरुलाई अगाडि बढाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा निर्वाचनमा मुद्दा तथा विषयवस्तु मिल्ने अन्य पार्टी र शक्तिहरुसँग तालमेल र समझदारी कायम हुन सक्ने तर प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादन्मुख तत्वहरुसँग भने त्यस्तो सम्भावना नरहेको प्रस्ट पारिएको छ ।