१९ असार २०८३, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई आर्थिक सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई आर्थिक सहयोग

ललितपुर–सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले क्वेस्ट इन्टरनेसनल कलेजका विद्यार्थीहरुलाई वित्तीय सहयोग गरेको छ । सोमवार ललितपुरको ग्वार्कोमा सञ्चालित क्वेस्ट इन्टरनेसनल कलेज अन्तगर्तको क्वेस्ट सोसल क्लवका बिधार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकको सहकार्यमा क्लवका बिधार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफ्mाई क्रार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम गर्न, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था  नेपाल स्नेही काखलाई आवश्यक समाग्री सहयोग प्रदान गरेको हो ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको समेत बैंकले जनाएके छ ।  

salt training

कमेन्ट गर्नुहोस्