
काठमाडौं – गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलमा रहेको रुरु क्षेत्र ऋषिकेश मन्दिर नजिक रिडीको खेल मैदानमा कालिगण्डकी नदी छेउमा आयोजना गरिएको महायज्ञस्थलमा बाढी आएको छ ।
रिडीमा कालीगण्डकीको सतह बढेर पितृमोक्ष तथा विराट महायज्ञस्थलमा पुगेपछि सरसामान बगाएको छ ।
भदौ २८ गतेदेखि आयोजना गरिएको महायज्ञ बाढीबाट प्रभावित भएको रिडी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक राधेश्याम सिंहले बताए ।
बाढीले यज्ञको टेन्ट, साउन्ड सिस्टम लगायतका सामान बगाउँदा लाखौंको क्षति भएको जनाइएको छ ।