
काठमाडौं- गायक राजेशपायल राईको घरमा आगलागी भएको छ ।
सोमवार दिउँसो गायक राईको शान्तिनगरस्थित घरमा आगो लागेको हो ।
विद्युत शर्ट भएर आगो लागेपछि उनले पाएका सम्मान र अन्य सामग्रीहरू जलेर नष्ट भएका छन् ।
आगलागीपछि उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, 'म पीडामा छैन किनकी तपाईंहरूको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन .. मेरो छिमेकीहरूले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ..एवार्ड जले होलान् तर तपाईंहरूले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् .. म सदा तपाईंहरूको कै काखमा लुट्पुटिने माम्छे ।'