
तपाईंलाई तात्तातो कुरा पिउन मन छ भने घरैमा हट चकलेट बनाउन सक्नुहुन्छ । यो बनाउन सजिलो छ र स्वादिलो पनि हुन्छ ।
सामग्री
डार्क चकलेट १०० ग्राम
दूध ५०० मिलिलिटर
चिनी एक ठूलो चम्चा
विधि
मधुरो आगोमा एउटा प्यानमा १०० ग्राम डार्क चकलेट र ५०० मिलिलिटर दूध हालेर मज्जाले मिसाउनुस् ।
अब त्यसमा चिनी हालेर उमाल्नुस् ।
हट चकलेट तयार भयो । यसलाई तात्तातो पस्किनुस् ।
एजेन्सी