१२ असार २०८३, शुक्रबार

यस विद्यालयमा लंगूर पनि पढ्छ !

यस विद्यालयमा लंगूर पनि पढ्छ !

काठमाडौं – भारतको आन्ध्र प्रदेशमा रहेको एक सरकारी विद्यालयमा बालबालिकासँगै लंगूर पनि पढ्न आउने गरेको छ । 

पीपुली मण्डलको वेंगलमपल्ली गाउँमा लंगूर पनि पढ्न आउन थालेको हो । कक्षाकोठामा बालबालिका झोला लिएर पसेपछि लंगूर पनि भित्र जान्छ । चकचक नगरिकन लंगूरले ध्यान दिएर शिक्षकको कुरा सुन्छ । 

शुरूशुरूमा त लंगूर देखेर बालबालिका र शिक्षक डराउँथे अनि कक्षाकोठाको ढोका बन्द गरेर पढाउँथे । तर लंगूर ढोका वा झ्याल नजिक बसेर पढाएको कुरा ध्यान दिएर सुन्न थाल्यो । यो देखेपछि उसलाई कक्षामा बस्न दिइयो । 

शिक्षक र विद्यार्थीहरूले लंगूरको नाम लक्ष्मी राखेका छन् । लक्ष्मी भनेर बोलाउँदा लंगूरको ध्यान आकर्षित हुन थालेको छ । स्कूलको नियम विद्यार्थीले झैं लंगूरले पनि मान्न थालेको छ । 

लंगूरले बिहानको प्रार्थना भेलामा पनि दिउँसोको भोजनमा पनि बालबालिकालाई साथ दिने गरेको छ । विद्यार्थीहरूलाई लक्ष्मीसँग खेल्न र पढ्न रमाइलो लाग्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्