
काठमाडौं – बलिउड अभिनेत्री कट्रिना कैफकै जस्तो अनुहार भएकी एक युवतीको तस्वीर अहिले इन्टरनेटमा चर्चामा छ ।
मुम्बईमा बस्ने फेशन ब्लगर अलीना राय कट्रिना जस्तै देखिन्छिन् । त्यसै साम्यका कारण उनका तस्वीर इन्टरनेटमा भाइरल भइरहेको छ ।
अलीनाको इन्स्टाग्राम अकाउन्टमा ३२ हजारभन्दा बढी फलोअर छन् । कट्रिनाका फ्यानहरू अलीनासँग उनको फोटो कोलाज बनाएर सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।




एजेन्सी