२२ असार २०८३, सोमबार

यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सांसद घिसिङ ५ हजार धरौटीमा रिहा

यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सांसद घिसिङ ५ हजार धरौटीमा रिहा

काठमाडौं – पूर्व सांसद योगेन्द्र घिसिङ ९ दिनपछि धरौटीमा रिहा भएका छन् ।

सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा भदौ २३ गते महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको थियो । 

घिसिङ ५ हजार धरौटीमा छुटेको प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राइले बताए ।

‘उहाँलाई अधिकतम् ५ हजार धरौटी र तारेखमा छाडेका छौं,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्