
काठमाडौं – क्यानडामा आँधीको दृश्य हेरिरहेका केही मानिसले शनिवार इन्द्रधनुषमुनि चट्याङ परेको भिडियो खिचेका छन् ।
भिडियो मिशेला इवासियुकले खिचेकी हुन् । मानितोबामा आँधी आउँदाको दृश्य त्यसमा समेटिएको छ ।
फूटेजमा विशाल इन्द्रधनुष आंशिक रूपमा देखिन्छ तर चट्याङले आकाशै उज्यालो बनाउँछ ।
चट्याङ परेको दृश्य भिडियोमा देखिन्छ तर आवाज चाहिँ सुनिँदैन ।
सुन्तला–नीलो रंगको आकाशले निकै अद्भुत दृश्य देखाउँछ ।
मानितोबामा सप्ताहान्तमा न्यानो तापक्रम र प्रशस्त वर्षा भएको थियो ।
इन्द्रधनुष देखिएको बेलामा चट्याङ पर्नु निकै दुर्लभ घटना भएको र्यान्डाल सर्भेनीले बताए । उनी एरिजोना स्टेट विश्वविद्यालयमा मौसमविज्ञानका प्राध्यापक हुन् ।
इन्द्रधनुष र चट्याङ दुवैले पानीका थोपाका भिन्न उपयोग गर्छन् । इन्द्रधनुषले सूर्यको प्रकाश छर्छ भने चट्याङले पानीको थोपामा विद्युत् बोक्छ ।
एजेन्सी