
काठमाडौं – चीनको वान्चो शिशान चिडियाखानामा एक सिंहिनीले सिंहलाई अस्वीकार गरेको रमाइलो भिडियो सार्वजनिक भएको छ ।
सिंह र सिंहिनी बन्द कोठाको शीशामा पल्टिरहेका देखिन्छन् । अनि सिंह उठेर सिंहिनीतिर जान्छ ।
ऊ देब्रेतिर जान्छ र सिंहिनीसँग ढेस्सिन खोज्छ ।
तर सिंहिनीसँग ढेस्सिन लाग्दा सिंहिनी अचानक उठेर हिँडिदिन्छे ।
ऊ तत्कालै त्यहाँबाट गएको सिंहले थाहा पाउँदैन ।
ऊ पछारिन्छ र सिंहिनीको साटो चिसो, साह्रो कंक्रिट पाउँछ ।
सिंहले सिंहिनीलाई हेरेको र विभिन्न दिशामा जिउ तन्काएको देखिन्छ ।
वान्चो शिशान चिडियाखाना सन् १९५५ मा खुलेको हो र त्यहाँ ठूला पाण्डा, राता पाण्डा र सेतो बाघ जस्ता दुर्लभ जनावर राखिएका छन् ।
एजेन्सी