
काठमाडौं – साठी वर्षअघि रुसमा देशव्यापी स्की दौड गरिरहेका स्कीयरहरूको मृत्युका लागि यती जिम्मेवार रहेको संकेत एक चिकित्सकले दिएको एक पत्रिकाले दाबी गरेको छ ।
ती स्कीखेलाडीहरू युराल पर्वतको ड्याटलोभ पास हुँदै स्की गरिरहँदा मारिएका थिए । उनीहरूलाई केले चोटपटक लगाएको हो भन्ने थाहा हुन सकेको थिएन ।
केही पीडितहरूको खप्पर फुटेको थियो अनि छातीमा चोटपटक लागेको थियो । दुईजनाको जिभ्रो र आँखाहरू गायब थिए ।
अन्य चाहिँ कुनै एक अज्ञात शक्तिको डरका कारण टेन्टबाट भागेपछि हाइपोथर्मियाका कारण बितेका थिए । टेन्टबाट भाग्दा उनीहरू मोजा र अन्डरवेयरमा मात्र थिए ।
अहिले आएर कोम्मोसोमोल्सकाया प्राव्दा पत्रिकाले यतीले ती स्कीयरहरूलाई चोटपटक लगाएको हुन सक्ने लेखेको छ ।
पत्रिकामा प्रख्यात चिकित्सकको नाम खुलाइएको छैन तर तिनले सेमेन र ल्युडमिला नाम गरेका स्कीयरहरूलाई कुनै ठूलो प्राणीले छाती थिचेका कारण करङ भाँचिएको दाबी गरेका थिए ।
‘आफूलाई अरूले उडाउलान् भनी प्रख्यात चिकित्सकले नाम सार्वजनिक गर्न नमानेका हुन्,’ पत्रिकाले खोजी समाचारमा उल्लेख गर्यो ।
उक्त क्षेत्रमा पाइने विशाल जनावर भनेको खैरो भालु हो तर उक्त घटना फेब्रुअरी महिनामा भएकाले भालु हाइबरनेसनमा (सुत्न गएको) हुन्छ ।
ती स्कीयरहरूले यतीको बारेमा जान्न चाहिँ चाहेका थिए ।
एजेन्सी