११ असार २०८३, बिहीबार

चीनले डेढ लाख सुरक्षाकर्मीलाई अभ्यास बढाउन दियो निर्देशन, हङकङमा दंगा रोक्ने प्रयास (भिडियो)

चीनले डेढ लाख सुरक्षाकर्मीलाई अभ्यास बढाउन दियो निर्देशन, हङकङमा दंगा रोक्ने प्रयास (भिडियो)

काठमाडौं – हङकङसँग सीमा जोडिएको गुआङदोङ प्रान्तले डेढ लाख प्रहरी अधिकारीहरूलाई दंगा रोक्नका लागि अभियान बढाउन आदेश दिएको छ । सरकारविरोधी प्रदर्शनकारीहरूलाई चेतावनीस्वरूप यो आदेश दिइएको हो । 
प्रहरी अधिकारीले जमीन, जल र वायुसेनाका बललाई अक्टोबर १ मा मनाइने राष्ट्रिय दिवसअघि भिडन्तको क्षमता बढाउनका लागि अभ्यास गर्न भनेको छ । 

हङकङमा १०० दिनभन्दा बढी समयदेखि सडक प्रदर्शन भइरहेको छ र लोकतान्त्रिक सुधारको माग उठिरहेको छ । 

देशको सत्तारूढ कम्युनिस्ट पार्टीले ७०औं वर्षगाँठ मनाउन लागेको छ र हङकङमा भइरहेको प्रदर्शन उसले सामना गरेको सबभन्दा संवेदनशील र महत्त्वपूर्ण मामिला हो । 

गुआङदोङ प्रान्तीय सार्वजनिक सुरक्षा विभागले बुधवार आफ्ना सुरक्षाकर्मीहरूलाई क्षमता बढाउनका लागि थप लाइभ फायर अभ्यास गर्न भनेको छ । 

कम्युनिस्ट पार्टी र जनताले दिएको जिम्मेवारी बलहरूले पूरा गर्नुपर्ने उसले बताए । 

विभागले हलिउड शैलीको भिडियो वीबोमा प्रकाशित गरेको छ । त्यसमा हङकङ प्रदर्शनकारीहरूमाथि सम्भाव्य दमनका लागि अधिकारीहरूले तयारी अभ्यास गरेको देखिन्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्