
एजेन्सी- प्रत्येक ठाउँका जो कोहि नागरिक शिक्षित हुन् भन्नको लागि सरकारले बिभिन्न उपाय अपनाएको हुन्छ । शिक्षित बन्ने सपनामा मानिसहरु मात्र होइन, जनावरमा पनि देखिन थालेको छ । तस्बिर देख्दा हामी अचम्ममा पर्छौँ ।
तस्बिरमा एउटा लंगुर मानिसहरुसँगै पढिरहेको देख्न सकिन्छ । भारतको आन्ध्र प्रदेशमा एउटा सरकारी स्कुलमा लंगुर पनि मानिस सरह नै शिक्षा लिइरहेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बच्चाहरुको साथमा एउटा लंगुर पनि विद्यालयमा आफ्नो उपस्थिति देखाउन प्रत्येक दिन आउने गरेको छ ।
यो घटना आन्ध्र प्रदेशको पीपुली मण्डलको वेंगलमपल्ली गाउँको हो । जहाँ पछिल्ला केहि दिन यता लंगुर विद्यालयमा बच्चाहरुसँगै आउन गर्छ । प्राप्त जानकारीका अनुसार बच्चाहरु झोला बोकेर जब कक्षा कोठामा प्रवेश गर्छन्, तब लंगुर पनि उनीहरुसँगै गएर बस्छ ।
यो लंगुर बदमासी गर्नको साटो शिक्षकले पढाएको कुरा बुझेन भने टेबल ठोकेर शिक्षकलाई पुनः पढाउन लगाउँछ ।
शुरुका केहि दिन लंगुर विद्यार्थीहरुसँग कक्षाकोठामा आएको देखेर शिक्षक पनि डराएका थिए । कक्षाका ढोकाहरु बन्द गरेर पढाउने गर्थे । तर ढोका लगाएर पढाउँदा पनि लंगुर ढोका नजिकै बसेर पढाएको सुन्ने गरेपछि कक्षामै आउन दिइएको थियो ।