०३ साउन २०८३, आइतबार

पाथिभरा दर्शनका लागि जान लागेका श्रद्धालुको बाटोमै मृत्यु

कात्तिक २०, २०७४
पाथिभरा दर्शनका लागि जान लागेका श्रद्धालुको बाटोमै मृत्यु

ताप्लेजुङ, १९ चैत– ताप्लेजुङको प्रशिद्ध तिर्थस्थल पाथिभरा जाँदै गरेका एक श्रद्धालुको बाटोमै मृत्यु भएको छ ।

आठ जनाको टोलिसँगै पाथिभरा दर्शनका लागि हिँडेका मोरङ टंकिसिनिबारी– १ निवासी ५० वर्षीय कुमार बानियाँको गएराती बिच बाटोमै मृत्यु भएको हो ।

पाथिभरा दर्शका लागि हिँडेका बानियाँ भालुगौडे पुगेपछि बेहोस भएका थिए । प्रहरीका अनुसार सोही स्थानमा प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी गरिरहेका बेला बानियाँको मृत्यु भएको हो ।

मृतक बानियाँ नेपाल विद्युत प्राधिकरण इलाम शाखामा कार्यरत प्राविधिक रहेको बुझिएको छ । अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्