
बलिउड स्टार सलमान खानसहित फिल्मी स्टार विरुद्ध १८ सादेखि विचाराधीन मुद्दामा राज्य सरकारको आदेशमा आजको लागि तय भएको फैसला टरेको छ ।
बहुचर्चित कालो हरिणको शिकार मामलामा सीजेएम दलपत सिंह राजपुरोहितको पदोन्नतिसहित टान्सफर र नयाँ सीजेएमको अवकासका रकारण अव फैसला २९ अप्रिलसम्मका लागि टरेको छ ।
यसअघि मुद्दा दायरत कर्ताले न्यायिक भनाइ पेश सगरेका छन् । यससँगै सलमान पक्षेका वकिलको बहस सकिएसँगै २३ मार्चको सयम तोकिएको थियो । तर यस बीचमा दलपत सिंहको ट्रान्सफर भएको छ । अब आगामी सुनुवाइका लागि कोर्टले २९ अप्रिलको समय तोकेको छ ।
जोधपुरमा एक फिल्मको शुटिङको क्रममा सलमानसहित सेफ अलि, नीलम, सोनाली, तब्बु लगायतका कलाकारमाथि सन् १९९८ मा कालो हरिणको शिकार गरेको आरोप लागेको छ ।