१० असार २०८३, बुधबार

जापानमा कामदार भन्दा रोजगारी बढी, २२ वर्षपछि धेरै काम पाइने

कात्तिक २०, २०७४
जापानमा कामदार भन्दा रोजगारी बढी, २२ वर्षपछि धेरै काम पाइने
जापान– जापानको बेरोजगारी दर २ दशमलव ८ प्रतिशतमा झरेको छ । यो दर पछिल्लो २२ वर्ष यताकै सबैभन्दा कम हो ।
आन्तरिक मामला मन्त्रालयले वर्षको फेब्रुअरीसम्म ६ करोड ४२ लाख भन्दा बढी मानिसहरुसँग रोजगारी रहेको जनाएको छ ।

यो संख्या अघिल्लो वर्षको तुलनामा ५ लाख १० हजार भन्दा बढी हो । यो दर ५० महिनादेखि यता लगातार बढीरहेको छ ।

बेरोजगारको संख्या साढे दुई लाख भन्दा कम भएको छ भने यो ८१ महिनादेखि लगातार घटीरहेको छ ।

मौसमका आधारमा समायोजित बेरोजगारी दर जनवरी महिनामा ० दशमलव २ अंक कम भएर २.८ प्रतिशत थियो । मन्त्रालयका अधिकारीहरुले जापानमा कामदारहरुको संख्यामा गिरावट आएका कारण काम पाउन सहज भएको बताएका छन् ।

श्रम मन्त्रालयले श्रम बजारमा आउन चाहने आवेदकहरुको जागीरको अनुपात जनवरीमा १.४३ प्रतिशत देखिएको जनाएको छ । यसको अर्थ १०० जना आवेदकलाई १४३ रोजगारी प्राप्त भएको अवस्था हो ।

salt training

कमेन्ट गर्नुहोस्