२८ जेठ २०८३, बिहीबार

आन्दोलनकारीले पारग्वेको संसद भवनमा आगो लगाए

कात्तिक २०, २०७४
आन्दोलनकारीले पारग्वेको संसद भवनमा आगो लगाए
काठमाडौं, १९ चैत– पाराग्वेमा राष्ट्रपतिलाई दोस्रोपटक चुनावमा उमेदवार बन्न मिल्ने एक विधेयक विरुद्धको प्रदर्शन हिंसात्म भएको छ । आन्दोलनकारीहरुले देशको संसद भवनमा आगोलगाएका छन् ।
प्रमुख प्रतिपइाी दलका प्रमुखले एक आन्दोलनकारीको प्रहरीले चलाएको गोलीलागेर मृत्यु भएको बताएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले संसदको भवन, झ्याल ढोकाहरु तोडफोड गरेका छन् ।

पाराग्वेमा ३५ वर्षको तानाशाही शासनपछि सन् १९९२ मा जारी गरिएको संविधानमा संशोधन गरिएको थियो जसमा राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने र उनले एक पटक मात्र चुनावमा भाग लिन पाउने व्यवस्था गरिएको थियो ।
तर वर्तमान राष्ट्रपति होरासिया कार्टसले संविधान संशोधन गरेर दोस्रोपट राष्ट्रपति चुनावमा लड्ने तयारी गरेसँगै विपक्षीहरु आन्दोलित भएका हुन् ।
शुक्रबार राति राष्ट्रपतिको यो कदमको विरोधमा आन्दोलनहरु भएका तस्वीरहरु सार्वजनिक भएका थिए । उनीहरुले विलको समर्थन गर्नेहरुमाथि आक्रमणसमेत गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार आक्रमणमा कयौं नेता र प्रदर्शनकारी घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्