३१ जेठ २०८३, आइतबार

सूचना लिन गएका प्रहरी ३ घण्टा विप्लवका कार्यकर्ताको कब्जामा

कात्तिक २०, २०७४
सूचना लिन गएका प्रहरी ३ घण्टा विप्लवका कार्यकर्ताको कब्जामा
काठमाडौं, २० चैत ललितपुरको जाउलाखेलमा शुक्रबार आयोजित एक कार्यक्रममा सूचना संकलन गर्न गएका प्रहरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले करिब तीन घन्टा नियन्त्रणमा लिएको खुलासा भएको छ, अन्नपूर्ण पोस्टमा खबर छ |netra
नेकपाद्वारा आयोजित पार्टीको ब्युरोस्तरीय प्रशिक्षण कार्यक्रममा सूचना संकलन गर्न ललितपुर प्रहरी परिसरका दुई र अपराध महाशाखा ललितपुरका तीन गरी पाँच प्रहरी सादा पोसाकमा खटिएका थिए ।
सूचना संकलन गर्न गएका दुईजना हबल्दार भीमबहादुर खाती र वेद विश्वकर्मा तथा तीन प्रहरी जवान गणेश श्रेष्ठ, सुरेन्द्र खान र स्किन्द्रकुमार महतोलाई नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए ।
दिउँसो तीन बजे सुरु कार्यक्रममा पुगेका ती प्रहरीलाई नेकपाका कार्यकर्ताले कार्यक्रम नसकिउन्जेल कोठामा थुनेर राखेको ललितपुर प्रहरी परिसरका एक अधिकारीले बताए । जासुसी गर्न आएको भन्दै प्रहरीप्रति नेकपाका कार्यकर्ता आक्रोशित भएका थिए ।
प्रहरीलाई नियन्त्रणमा लिने नेकपाका कार्यकर्ताको खोजी भइरहेको परिसरका वरिष्ठ अधिकारीले बताए । ‘सूचना लिन जान पाउने प्रहरीको अधिकार हो । प्रहरी थुनेर उनीहरूले ठूलो गल्ती गरेका छन् । प्रहरी थुन्नेको पहिचान भइसकेकाले कारबाही गरिनेछ’, प्रहरी अधिकारीले भने । ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी ठूले राईले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले नेकपाका गतिविधिमा विशेष निगरानी गर्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्