०७ असार २०८३, आइतबार

माओवादी जनयुद्ध सुरु भएयताकै सबैभन्दा उच्च वृद्धिदर

कात्तिक २०, २०७४
माओवादी जनयुद्ध सुरु भएयताकै  सबैभन्दा उच्च वृद्धिदर
काठमाडौँ, २० चैत - नेपालको अर्थतन्त्रको आकार यो वर्ष सात प्रतिशतले बढ्ने देखिएको छ । गत आर्थिक वर्ष भूकम्प र नाकाबन्दीका कारण मुलुकको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित भएको थियो । सरकारले बजेटमार्फत चालू आवमा ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएकोमा त्यसभन्दा बढी आर्थिक वृद्धि हुने प्रक्षेपण नेपाल राष्ट्र बैंकले गरेको हो । ‘यसबीचमा अर्थतन्त्रका आधारभूत परिसूचकको वृद्धिदर सकारात्मक रहेकाले वृद्धिदर सात प्रतिशतको हाराहारीमा पुग्ने अनुमान छ,’ राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ, आजको नयाँ पत्रिकामा खबर छ ।

चालू आवमा सरकारको अपेक्षाअनुरुपको वृद्धिदर हासिल भए २३ वर्षयताकै उच्च वृद्धि हुनेछ । यसअघि आर्थिक वर्ष ०५०-५१ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत भएको थियो । त्यसपछि चालू वर्ष मात्रै आर्थिक वृद्धिदर सात प्रतिशत पुग्ने देखिएको हो । ०४६ पछि आव ०४७-४८ र ०५६-५७ मा नेपालमा ६ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हासिल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्