काठमाडौँ, २० चैत - शिक्षक सेवा आयोगले शनिबार १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन गरेको छ । निर्वाचन आयोगले नतिजा प्रकाशन बाहेक अन्य सबै प्रक्रिया पुरा गर्न अनुमति दिएपछि अस्थायी शिक्षकको व्यवस्थापन गर्न आयोगले स्थायी पदपूर्ति गर्न विज्ञापन गरेको हो । आयोगले विज्ञापन गरेसंगै ०४९ अघिदेखि अस्थायी रुपमा कार्यरत शिक्षकको अब व्यवस्थापन हुने भएको छ, कान्तिपुर दैनिकमा खबर छ ।

शिक्षा विभागका अनुसार ०४९ भन्दा अघिदेखि ०७२ असोज २ सम्म नियुक्तिपत्र लिएर कार्यरत २६ हजार १ सय ५१ जना अस्थायी शिक्षक छन् । आयोगले शनिबार १६ हजार ३ सय २६ पदका लागिमात्रै विज्ञापन गरेको छ । प्राविमा ८, निमाविमा १० र माविमा १२ जिल्ला र ०६१ देखि ०७२ सम्म रिक्त रहेको दरबन्दीको ५१ प्रतिशत खुलातर्फको विज्ञापन गर्न बाकी रहेको आयोगका सहसचिव लक्ष्मीराम पौडेलले बताए ।