१० असार २०८३, बुधबार

किशोरको खप्परमा दाँत अड्किएको १२ दिनपछि बल्ल थाहा पाए चिकित्सकहरूले

किशोरको खप्परमा दाँत अड्किएको १२ दिनपछि बल्ल थाहा पाए चिकित्सकहरूले

काठमाडौं – एक फूटबल खेलका क्रममा एकजना किशोरको खप्परमा अर्कोले टोकेर दाँत अड्किएपछि त्यसलाई निकाल्नुपरेको चिकित्सकहरूले बताएका छन् । 

नाम नखुलाइएका ती १४ वर्षीय किशोर घटना भएको पाँच दिनपछि अस्पताल पुगेका थिए । उनले खप्परमा निकै पीडा भएको बताएका थिए । 

पोर्चुगलमा भएको यो घटनामा चिकित्सकहरूले उनलाई एन्टीबायोटिक दिएर टाउकोमा लागेको संक्रमित घाउ सफा गराउन खोजेका थिए । तर औषधिले काम गरेन । 

स्क्यान गर्दा उनको खप्परमा बाहिरी वस्तु अड्किएको देखियो । उनी अस्पताल गएको १२ दिनपछि मात्र यो कुरा थाहा भयो । 

सर्जनहरूले घाउमा अड्किएको दाँत निकाले र यसरी निकाल्दा जटिल शल्यक्रिया गर्नुपरेको उनीहरूको कथन छ । 

डा टेरेसा ब्रिटो र उनका सहकर्मीहरूले हस्पिटल दे साओ बर्नार्डोमा शल्यक्रिया गरेका हुन् । बीएमजे केस रिपोर्ट्समा यो घटनाको बारेमा उनीहरूले लेखेका हुन् । 

खेल भएको दिन टाउकोको दाहिने भागमा पाँच सेन्टीमिटर काटिएको घाउ लिएर ती किशोर अस्पताल पुगेका थिए । 

उनलाई सामान्य ड्रेसिङ गरेर घर पठाइएको थियो । 

तर घटनाको पाँच दिनपछि उच्च तापक्रम, चक्कर आउने तथा कमजोरी अनुभव हुने भएपछि किशोर फेरि अस्पताल पुगेका थिए । 

घाउ सफा गरेर फेरि ड्रेसिङ गरियो र ज्वरो घटाउन उनलाई एन्टीबायोटिक दिइयो तर २४ घन्टापछि फेरि ज्वरो आयो । 

घटना भएको आठ दिनपछि किशोर अस्पताल गए अनि उनको टाउकोमा लगातार पीडा भइरहेको थियो र घाउबाट पीप चुहिएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्