२४ जेठ २०८३, आइतबार

विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरू

विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरू

काठमाडौं–सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरू भएको छ । 

काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरूभएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार अग्रिम टिकट शुरू भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरू गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।  मंगलवारबाट  कलङ्की र बल्खुमा कक्ष शुरू भएको छ ।

 बुधबारबाट थप १४ स्थानमा कक्ष शुरूगर्ने योजना रहेको विभागले जनाएको छ । यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरूभए पनि अहिलेसम्म खासै समस्या नआएको उनले बताए। उनले भने, 'धेरै ठाउँमा कक्ष खोलिएपछि गुनासो आउन सक्छ ।'

यात्रुले टिकट काउन्टर पुगेको दुई घण्टाभित्रमा टिकट काटिसक्ने गरी व्यवस्था मिलाइएको महानिर्देशक हमालले बताए। नयाँ बसपार्कमा पहिलो दिन धेरै भीडभाड भए पनि अहिले भीड कम भइसकेको छ । विभागले दशैँ लक्षित गरेर अनुगमनलाई तीव्र बनाएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्